कैलालीमा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कैलालीमा एमाले कार्यकर्तामाथि आक्रमण, चार जना घाइते


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्तालेले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् ।

गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका-६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तीराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार बुधबार राति करिब १ बजेतिर गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

बिन्तीराम चौधरीलाई गठबन्धनका कार्यकर्ताले खुकुरी प्रहार गरेका थिए । उनको पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा गोदावरी नगरपालिका-६ कै स्थानीय लक्ष्मी चौधरी, बसन्ती चौधरी र रविन चौधरी पनि घाइते भएका छन् ।

उनीहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस