मौन अवधि : बुटवल उपमहानगरपालिकामा तनावको अवस्था « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मौन अवधि : बुटवल उपमहानगरपालिकामा तनावको अवस्था


२८ बैशाख २०७९, बुधबार


बुटवल । मौन अवधिको समयमा बुटवल उपमहानगरपालिकामा तनावको अवस्था सिर्जना भएको छ।

बुटवलको सुकुम्वासी बस्तीमा एमाले उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई पुगेपछि तनाव सिर्जना भएको हो ।

बुटवल उपमहानगरपालिका मझुवा टोलमा पुगेकी उनी मतदाता प्रभावित पार्न पुगेको अन्य दलले आरोप लगाएका छन् ।

घरको ढोकामा ताला लगाएर भित्र माया भट्टराईलाई राखेको स्थानीय गठबन्धन दलका कार्यकर्ताले आरोप लगाएका थिए । उनीहरूले यो विषयमा प्रहरीलाई जानकारी पनि दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलको टोली भट्टराई रहेको घरमा पुगेको थियो । डिएसपी ठगबहादुर केसीले भने, ‘हामीले सो घरमा तलासी गर्दा पैसा फेला पारेनौँ । माया भट्टराईलाई अहिले परिवारको जिम्मा लगाएका छौँ ।’

यसैबीच, माया भट्टराईले विज्ञप्ति जारी गर्दै आफू बिरामी भेट्न गएको र त्यहाँ काँग्रेस कार्यकर्ताले हुलहुज्जत गरी पैसा बाँडेको आरोप लगाएको बताएकी छन् । उनले कपोलकल्पित आरोप लगाएको भन्दै भर्त्सना गरेकी छन् ।

सम्बन्धित समाचार : बुटवलमा एमाले उम्मेदवार माथि पैसा बाँडेको आरोप , उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

Tags :
प्रतिक्रिया दिनुहोस