प्युठानमा सत्ता गठबन्धन र एमाले समर्थकबीच झडप , चार जना घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्युठानमा सत्ता गठबन्धन र एमाले समर्थकबीच झडप , चार जना घाइते


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । प्युठानमा सत्ता साझेदार दल समर्थक र एमाले समर्थकबीच झडप भएको छ ।

सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका उनीहरुबीच झडप भएको हो ।

झडपमा शङ्कर विश्वकर्मा, रमेश राना, टेकेन्द्र मर्स्याङ्दी, गुमान सिंह लम्तरी घाइते भएका छन् ।

घाइते मध्ये एक जनाको उपचार बुटवलमा र तीन जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस