सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस


२८ बैशाख २०७९, बुधबार


बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार आज बिहान १० बजेर १८ मिनेटमा ५. ३ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा भूकम्पको महसुस गरिएको छ ।

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ ।

यसअघि यही वैशाख ६ गते पनि सूदूरपश्चिमकै सैनपसेला केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस