सुर्खेतमा एमाले र काँग्रेस समर्थकबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुर्खेतमा एमाले र काँग्रेस समर्थकबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । सुर्खेतमा नेकपा एमाले र नेपाली काँग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो ।

हिजो (मंगलबार) राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उक्त झडप नियन्त्रणमा खटिएका डिएसपीसहित चार जना प्रहरीलाई सामान्य चोट लागेको उनले बताए ।

यस्तै, नेकपा एमाले समर्थक २४ वर्षीय इन्द्र विक र ३६ वर्षीय सुनिल विक झडपमा परी घाइते भएका छन् ।

‘उनीहरू घाइते भएको प्रहरीलाई खबर आएको थिएन, पहिल्यै अस्पताल लगिसकिएको रहेछ,’ डिएसपी घर्तीले भने, ‘यताबाट डिएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएर सम्झाइ-बुझाइ गरी पठाइएको छ, अहिले अवस्था सामान्य छ।’

घाइते दुई जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

प्रहरीले सम्झाउने क्रममा काँग्रेस समर्थक पछि हटेपछि एमाले समर्थकहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीसमेत सामान्य घाइते भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस