तनहुँमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच ढुङ्गा हानाहान « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

तनहुँमा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच ढुङ्गा हानाहान


२७ बैशाख २०७९, मंगलबार


तनहुँ । तनहुँको घिरिङमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबिच ढुङ्गा हानाहान भएको छ ।

सोमबार घिरिङ गाउँपालिका–१ पुट्टारमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा गएका एक बालक काली गण्डकी नदीमा बेपत्ता भएको विषयमा दुवै पक्षबिच ढुङ्गा हानाहान भएको हो ।

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले सोमबार आयोजना गरेको चुनावी सभामा गएका घिरिङ–५ का १३ वर्षीय ईश्वर विक पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

बालक हराएपछि बालकका आमाले गाउँपालिका अगाडि धर्ना दिएकी थिइन् । सोही विषयमा गाउँपालिकाको सर्वदलीय बैठकमा सहभागी हुने क्रममा दुवै पक्षबिच ढुङ्गा हानाहान भएको हो ।

यसैबिच नेपाली काँग्रेस तनहुँले पार्टीका घिरिङ गाउँ कार्यसमितिका सभापति यामबहादुर थापामाथि हातपात भएको भन्दै उक्त घट्नाप्रति आपत्ति जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस