५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिचयपत्र छपाई सुरु

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचयपत्र छपाई सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्‍जीकरण विभागले सोमबारदेखि राष्ट्रिय परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको हो ।

राष्ट्रिय परिचयपत्र छपाई सुरु गर्दै गृहसचिव टेकनारायण पाण्डे ।सिंहदरबारस्थित विभागको कार्यालयमा गृहसचिव टेकनारायण पाण्डेले राष्ट्रिय परिचयपत्र छपाईको सुरुवात गरेका हुन् ।

विभागले फ्रान्सको आईडीमीया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु गरिएको महानिर्देशक तिर्थप्रसाद भट्टराईले जानकारी दिए ।

अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी ८ लाख आउनेक्रममा रहेको उनले बताए । विभागका महानिर्देशक भट्टराईका अनुसार यो वर्ष भरिमा ५० लाख आपूर्ति गर्ने लक्ष्य लिइएको छ ।

छपाई मेसिनले एक घण्टामा एक हजार एक सय कार्ड छाप्ने क्षमता राख्ने भएकाले परिचयपत्रको फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिटै कार्ड पाउने विभागले जनाएको छ । विभागले अहिलेसम्म परिचय पत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ ।

राष्ट्रिय परिचयपत्र अभियान नै चलाएर विभागले ५६ लाख ५३ हजार २ सय ९ र इकाईमार्फत ११ लाख २६ हजार ४३३ आवेदन लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पुर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्‍चनपुर डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचय पत्रको अभियान सम्पन्न गरिसकेको छ ।

हाल सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस