समृद्धिका लागि नेपाली काँग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

समृद्धिका लागि नेपाली काँग्रेसले नेतृत्व लिनु आवश्यक : उपसभापति गुरुङ


२६ बैशाख २०७९, सोमबार


वालिङ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले मुलुकमा परिवर्तनको लहर र समृद्धिका लागि नेपाली काँग्रेसले नेतृत्व लिनु आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस भिरकोट– ८ को ढापुकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब नेपाललाई समृद्ध बनाउने खाकासहित अगाडि बढ्नुपर्ने छ र यहाँका युवा विदेशी मुलुकमा होइन विदेशीलाई यहाँ ल्याउने योजना हामीसित हुनुपर्छ ।’

जता गयो त्यतै भ्रष्टाचार मौलाएको हुँदा यसलाई न्यूनीकरण गर्नतर्फ सचेत नागरिकले खबरदारी गर्नुपर्ने बेला आएको उनले बताए । नेपाल जस्तै गरिबीको सूचीमा रहेका देशले आज विकासमा निक्कै फड्को मारेको उदाहरण दिँदै यहाँ पनि भ्रष्टाचारको अन्त्य र नेतृत्व तह सुध्रिनुको विकल्प नभएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस