जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प


२६ बैशाख २०७९, सोमबार


टोकियो । जापानमा भूकम्प गएको छ । देशको योङगाउनीमा सोमबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

युरोपेली मेडिटेरानेन सिम्मोलोजिकल सेन्टर (इएमएससी)ले स्थानीय समय अनुसार बिहान ११.५३ बजे भूकम्प गएको हो ।

भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने प्राप्त भई नसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । अहिले विवरण सङ्कलनको काम भइरहेकाले थप विवरण पछि सार्वजनिक गरिने उनीहरुको भनाई छ ।

जापानमा बेला बेलामा यस्तै भूकम्प गइरहने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस