मैले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् : ओली « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

मैले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् : ओली


२६ बैशाख २०७९, सोमबार


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलेको कुरा बुझ्ने थोरै मात्र बुद्धिजीवी नेपालमा नभएको दाबी गरेका छन् ।

नेकपा एमालेको सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।

उनले भने, ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो । मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्या हो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरू उखान टुक्का भन्छन् ।’

उखान टुक्का आफूले नभई काँग्रेसका नेताहरूले प्रयोग गर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस