गठबन्धनले भोटबाट जित्ने होइन, मतपत्र जोगाउन चनाखो बन्नुपर्छ : अध्यक्ष ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गठबन्धनले भोटबाट जित्ने होइन, मतपत्र जोगाउन चनाखो बन्नुपर्छ : अध्यक्ष ओली


२६ बैशाख २०७९, सोमबार


पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले जनताको भोटबाट जित्ने सम्भावना नरहेकाले मतपत्र च्यात्न सक्ने भन्दै गणना नसकिएसम्म नसुत्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पोखरा महानगरपालिकाको मेयर कृष्ण थापा र उपमेयर मन्जु गुरुङको टिमलाई मत माग्न पुगेका ओलीले आज (सोमबार) आयोजित जनसभालाई सम्बोधन गर्दै गठबन्धनका सबै खाले षड्यन्त्रविरुद्ध चनाखो हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरूले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँच वटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’

उनले पोखरामा गठबन्धनको आमसभामा माधव नेपालले काँग्रेसलाई धम्क्याएको भन्दै केपी ओलीको हालत हुने भनेर चेतावनी दिएकोमा व्यङ्ग्य गरे । उनले कसको हालत के हुन्छ भन्ने कुरा वैशाख ३० बाट प्रस्ट हुने दाबी गरे ।

गठबन्धनका नेताहरु आफ्ना शाखा सन्तानलाई भोट नदिए मुलुक दुर्घटनामा पार्ने धम्की दिँदै हिँडेको भन्दै ओलीले काँग्रेसको बेहाल भइरहेको टिप्पणी गरे ।

उनले गणेशमान र कृष्णप्रसाद भट्टराईले काँग्रेस छाडेको स्मरण गर्दै काँग्रेसका धेरै कार्यकर्ताको हालत त्यस्तै भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस