धर्मेन्द्र बास्तोलाले खोले नयाँ पार्टी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धर्मेन्द्र बास्तोलाले खोले नयाँ पार्टी


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिस्ट पार्टी (बहुमत) गठन गरेको छ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी औपचारिक रूपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ।

कतिपय केन्द्रीय सदस्यहरूलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरूले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए ।

उनले नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको र त्यसका लागि मुलुकको समृद्धि र स्वाधीनताको नारालाई अघि बढाउने रहेको योजना रहेको स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस