विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : धर्मेन्द्र बास्तोला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विप्लवजीहरु संसदवादमा गइसक्नुभयो : धर्मेन्द्र बास्तोला


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेत्रविक्रम चन्द ‘विप्लव’ संसदवादमा गएको आरोप लगाएका छन् ।

आज (सोमबार) राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताले पनि विप्लवको पार्टीलाई संसदबादी भनेर बुझ्ने टिप्पणी गरे।

‘उहाँहरु ३० गते पछि फर्किन्छौँ, चुनावमा जान्दैनौँ भन्नुहुन्छ,’ उनको भनाइ छ, ‘तर, महासचिव र प्रवक्ताले पार्टीको नीतिलाई उल्लङ्घन गरेर चुनाव परस्त भएर जानुभएको छ । त्यो सजिलै साफ हुने कुरा छैन । र, जनताले बुझ्दा उहाँहरुलाई संसदवादी पार्टी भनेर बुझ्छन् । र, नीतिगत हिसाबले उहाँहरु संसदवादमा गइसक्नुभएको छ।’

विप्लवहरुले अघि सारेको एकीकृत जनक्रान्ति सारसंग्रहवादी भएको आरोपसमेत उनको छ । ‘उहाँहरुले एकीकृत जनक्रान्ति भन्नुभएको छ, जसलाई हामीले यो सार सङ्ग्रहवादी भनेका छौँ,’ उनको भनाइ छ, ‘हाम्रो कार्यदिशा भनेको वैज्ञानिक समाजवादी हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस