नेपाल र जिम्बावे ‘ए’ बिचको खेल आज, सिरिज हात पार्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रिँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपाल र जिम्बावे ‘ए’ बिचको खेल आज, सिरिज हात पार्ने लक्ष्यका साथ दुवै टोली मैदान उत्रिँदै


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । नेपाल र जिम्बावे ‘ए’ बिचको तेस्रो एक दिवसीय क्रिकेट सोमबार (आज) हुँदै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यी दुई टोलीबिचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

एक दिवसीय अन्तर्गत यसअघिका दुईमध्ये एक–एक खेलमा जित निकालेका दुवै टोली दोस्रो जितसहित सिरिज आफ्नो हातमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछन्।

शनिवार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले पराजित गरेको थियो। त्यसअघिको खेलमा जिम्बावे ‘ए’ले नेपालविरुद्ध ३ विकेटको जित निकालेको थियो।

एक दिवसीय अघि नेपाल र जिम्बावे ‘ए’ बिच भएको तीन खेलको टी–ट्वेन्टी सिरिज एक–एकको बराबरीमा सकिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस