यस्तो छ आगामी तिन दिनको मौसम ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आगामी तिन दिनको मौसम !


२६ बैशाख २०७९, सोमबार


काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको विहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आङ्कलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आङ्कलन गरिएको छ ।

मङ्गलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार प्रदेश १, बागमती र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस