हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ खुल्यो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

हिमालयन हाइड्रोपावरको ९ लाख कित्ता आईपीओ खुल्यो


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो ।

कम्पनीको जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात् ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ ।

आईपीओमा कम्तीमा १० देखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले जेठ ८ गते आवेदन दिन सक्नेछन् ।

तोकिएको समयभित्र सबै सेयर खरिदमा आवेदन नपरे ढिलोमा जेठ २३ गतेसम्म आईपीओ निष्कासन खुला रहनेछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैङ्कका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैङ्कको मादी, मुक्तिनाथ विकास बैङ्कको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैङ्कको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस