एमालेले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ : अध्यक्ष ओली « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेले नेपाललाई विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ : अध्यक्ष ओली


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई विश्वकै सर्वश्रेष्ठ बनाउन चाहेको बताएका छन् ।

आज (आइतबार) ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘नेकपा (एमाले), विकास, सुशासन र मानव सुखका दृष्टिले विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहन्छ ।’

राष्ट्रिय सङ्कल्प कार्यान्वयन गर्न एउटा दल चाहिने र त्यो एमालेले मात्रै गर्ने उनको जिकिर छ । ‘हामी नेपाललाई राष्ट्रिय स्वाभिमानसहितको एवं गर्विलो राष्ट्र बनाउन चाहन्छौँ । त्यो एमालेबिना सम्भव छैन,’ ओलीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस