चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै


२५ बैशाख २०७९, आइतबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बुटवल जान लागेका छन् ।

नेकपा एमाले रुपन्देहीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली बुटवल जान लागेका हुन् ।

बुटवल ११ देवीनगरस्थित वाणिज्य क्याम्पस छेउको मैदानमा हुने सभामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन गर्ने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले समय छोटो भएकाले धेरै नेताहरुले सम्बोधन गर्ने कार्यक्रम नबनाइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस