ओलीले भने : बाँडी चुँडी खान गठबन्धन बनाए « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीले भने : बाँडी चुँडी खान गठबन्धन बनाए


२४ बैशाख २०७९, शनिबार


इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

वडामासमेत एमालेसँग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताए ।

शनिवार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।

बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । उनले भने, ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईँहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस् ।’

एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस