नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हरायो


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपालले दोस्रो एक दिवसीय खेलमा जिम्बावे ‘ए’लाई ९ विकेटले हराएको छ । जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि सुनील धमलाले ३८ रन बनाएर आउट भए भने आसिफ शेखले नटआउट रहँदै ३४ रन बनाए । धमलालाई ब्रान्डन माभुटाले आउट गराएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे सस्तैमा समेटिएको थियो । जिम्बावे ३१.५ ओभरमा ८७ रन मात्र बनाएर अलआउट भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस