चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड जनकपुरमा, देउवा पनि जाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड जनकपुरमा, देउवा पनि जाने


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् । त्यहाँ उनले आज दिउँसो २ बजे हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

त्यसअघि पार्टीको दुईवटा कार्यक्रममा पनि उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि जाने भएका छन् ।

पाँच दलीय गठबन्धनले संयुक्त चुनावी सभा ठाउँ-ठाउँमा गर्दै छ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला गठबन्धनका नेताहरू चुनावी अभियानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस