निर्वाचन आयोगले स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगले स्थापितलाई फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण


२२ बैशाख २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ ।

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौँका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो ।

स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको आयोगले जनाएको छ । प्रवक्ता पौडेलले भने, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिवादको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएको बालेन साहको विषयमा दिनुभएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।’ स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि काठमाडौँको एक कलेजसहित विभिन्न ठाउँमा मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लङ्घन नगरेको दाबी गरेका थिए । स्थापितले आफ्ना प्रस्ट अभिव्यक्तिले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्न नमिल्ने दाबी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस