लागुऔषधसहित दुई पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लागुऔषधसहित दुई पक्राउ


२२ बैशाख २०७९, बिहिबार


पक्राउ

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाइकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट (लागुऔषध) फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक मोहमद र सोही मोटरसाइकल पछाडि सवार खानलाई जाँच गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, सात ट्याब्लेट नाईट्राभेट बरामद गरिएको प्रवक्ता पाण्डेले बताए ।

पक्राउ परेका दुवैलाई सुर्खेत प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस