कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : विश्व स्वास्थ्य सङ्गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो : विश्व स्वास्थ्य सङ्गठन


२२ बैशाख २०७९, बिहिबार


कोपनहेगन । विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ ।

त्यसै गरी पछिल्लो समयमा आएर युक्रेन पनि यही समस्याका रुपमा थपिएको भन्दै यी दुई समस्याले दशौँ लाख मानिसलाई मानसिक स्वास्थ्यको समस्या देखा परेको सो सङ्गठनले जनाएको छ ।

सो सङ्गठनका युरोप क्षेत्रका निर्देशक हान्स क्लुगले सो कुरा बताएका हुन् । उनले अनुसन्धानबाट यस्तो समस्या देखिएको भन्दै युक्रेनमाथिको हमलाले युक्रेनका नागरिक मात्र नभएर द्वन्द्वका रुपमा यसको असर अन्यत्र पनि परेको उनले बताए ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेन र यसका छिमेकी देशहरुमा मानसिक स्वास्थ्यको परामर्श तथा औषधि खपतमा पनि वृद्धि भएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस