पाँच वर्षमा भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएको छु : रेनु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पाँच वर्षमा भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएको छु : रेनु


२२ बैशाख २०७९, बिहिबार


चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले पाँच वर्षको अवधिमा भरतपुरमा गर्व गर्न सकिने काम गरेको दाबी गरेकी छन् ।

०७४ सालमा मेयरमा निर्वाचित भएकी उनले विपक्षीहरूका अगाडि शिर झुकाउनु नपर्ने गरी काम गरेको बताएकी हुन् ।

सत्तारुढ गठबन्धनले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै उनले भनिन्, ‘पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी, प्रतिपक्षको आँखा जुधाएर कुरा गर्न सक्ने भएका छौँ, भरतपुरलाई गर्व गर्ने ठाउँमा पुर्‍याएका छौँ ।’

उनले पुनः निर्वाचित भए महानगरमा सुरु गरेको गौरवका आयोजना पूरा गर्ने बताइन् । आफूले पाँच वर्ष महानगरवासीको साझा जनप्रतिनिधिको हिसाबले काम गर्ने कोसिस गरेको पनि दाहालले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस