ताप्लेजुङको एक घरमा आगलागी हुँदा १६ लाख क्षति « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

ताप्लेजुङको एक घरमा आगलागी हुँदा १६ लाख क्षति


२२ बैशाख २०७९, बिहिबार


फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामान तथा दुई वटा बङ्गुर जलेर नष्ट भएको बताए ।

स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठाभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसामान निकाल्न नसकेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस