बर्दियामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बर्दियामा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु


२१ बैशाख २०७९, बुधबार


बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नंको ट्रक र भे१स ९५६२ नंको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनी चोक नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ई–रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस