काभ्रे दुर्घटनाको अनुसन्धान गर्न गृहमन्त्री खाणको निर्देशन « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काभ्रे दुर्घटनाको अनुसन्धान गर्न गृहमन्त्री खाणको निर्देशन


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका–११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्री खाणको निर्देशनपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाको नेतृत्वमा घटनाको अनुसन्धानका लागि तीन सदस्यीय समिति बनाइएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस