जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जिम्बाब्बे ए विरुद्ध नेपाल ८ विकेटले विजयी


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपाल र जिम्बाब्बे ए टिमबिचको अन्तिम टी–२० खेलमा नेपाल ८ विकेटले पराजित भएकाे छ ।

यससँगै तीन टी–२० खेलको सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेल जिम्बाब्बे ए ले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो ।

बुधबार भएको अन्तिम खेलमा त्रिवि क्रिकेट मैदानमा जितको लागि १३७ रनको लक्ष्य पछ्याएको नेपालले १५‍।५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा ओपनर ब्याटर आसिफ सेखले १३ चौका र १ छक्काको मद्दतमा अविजित ८७ रन बनाए ।

कुशल भुर्तेलले ३४, बसिर अहमदले १५ बनाए । दीपेन्द्र सिंह ऐरी भने शून्यमा अविजित रहे । जिम्बाब्बेका लागि ल्युक जङ्वे र बान्डन मुबर्तेले १र१ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस