जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु


२० बैशाख २०७९, मंगलबार


गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–५, आरु बोटेमा सोमबार साँझ जन्ती बोकेको जीप दुर्घटनामा पर्दा लमजुङ घर भई काठमाडौँ महानगरपालिका– १६ बस्ने ५१ वर्षका पदम न्यौपानेको निधन भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका तीनमध्ये एक न्यौपाने रहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यसअघि प्रहरीले दिएको सूचनामा त्रुटि बस कमलराज दानीको नाम पर्न गएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सच्चाइएको जनाएको छ ।

चितवनबाट जन्ती बोकेर गोरखा आएको बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप फर्कने क्रममा फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस