युक्रेनको द्वन्द्वले अफ्रिकामा सङ्कट « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

युक्रेनको द्वन्द्वले अफ्रिकामा सङ्कट


२० बैशाख २०७९, मंगलबार


डाकार । युक्रेनका द्वन्द्वले अफ्रिकाका देशहरुमा आर्थिक तथा खाद्यान्न सङ्कट देखा परेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सो कुरा बताएका हुन् । उनले भनेका छन्– युक्रेनमा पछिल्ला दिनहरुमा बढ्दै गएको द्वन्द्वका कारण अफ्रिकामा आर्थिक लगायतको समस्या परेको छ ।

उनले युक्रेनमा रुसले गरेको हमलापछि बढेको द्वन्द्वका कारण अफ्रिकी देशहरुमा खाद्यान्न, ऊर्जा र आर्थिक सङ्कट परेको उल्लेख गरेको समाचारमा जनाइएको छ ।

महासचिव गुटरेसले पछिल्लो समयमा यस्तो सङ्कट झनै बढ्दै गएको भन्दै यसलाई कम गर्नका लागि विश्वका दाता देशहरु, अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरे ।

उनले यस्तो सङ्कटको अवस्थामा कमी ल्याउन युक्रेन सहयोग समूह नै स्थापना भएको र यसमार्फत पनि के कसो गर्न सकिन्छ भनेर तयारी भएको पनि बताएको समाचारमा जनाइएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वमा तेलको समस्या उत्पन्न भएको बताइएको थियो । जसका कारणले पछिल्लो समयमा आर्थिक सङ्कट मात्र नभएर खाद्यान्न लगायतको समस्या पनि उत्पन्न भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस