बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । खहरे खोलामा आएको बाढीले बगाउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ।

बबई गाउँपालिका वडा नम्बर ४ हसनापुरकी सन्ध्या परियारको हसनापुर खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।

डिएसपी श्यामु अर्यालका अनुसार सोमबार अपराह्न परेको भारी पानीले हसनापुर खोलामा ठुलो बाढी आएको थियो।

घर फर्कने क्रममा खोला तर्दा परियारलाई बगाएको थियो।

परियारलाई बाढीले बगाएको खबरपछि इलाका प्रहरी कार्यालय हापुरेबाट प्रहरी नायब निरीक्षक केशवराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय५० मिटर दक्षिणबाट उनलाई उद्धार गरेको थियो।

गम्भीर अवस्थामा रहेकी उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यही उनको मृत्यु भएको हो। किशोरीका आमाबुवा भारतमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस