३३५ पदमा निर्विरोध, १७० वडामा दलित महिला सदस्यमा मनोनयन परेन « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

३३५ पदमा निर्विरोध, १७० वडामा दलित महिला सदस्यमा मनोनयन परेन


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । विभिन्न स्थानीय तहका १७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ ।

निर्वाचन आयोगले ती ठाँउमा एकजना पनि उम्मेदवार नभएकाले पद खाली हुने अवस्था भएको जनाएको हो ।

केही हिमाली जिल्ला, काठमाडौँ उपत्यकाका केही वडा लगायतका ठाँउमा महिला उम्मेदवारको मनोनयन नपरेको हो ।

निर्वाचन आयोगको सोमबारको पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन परेको भएको बताए । एकल मनोनयन परेकाहरु निर्विरोध निर्वाचित हुने निश्चित भए पनि घोषणा गर्न बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस