स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग आयोगले माग्याे जवाफ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग आयोगले माग्याे जवाफ


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थासँग निर्वाचन आयोगले जवाफ माग गरेको छ ।

स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरूसँग जवाफ मागेको हो ।

आयोगका एक आयुक्तले भने, ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा प्रयोग गरिएका शब्दहरू आफैँमा आचारसंहिता विपरीत भएको भनी सूचना आएपछि तीन दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ ।’

आयोगले लिखित जवाफ माग गरेका ४५ संस्थामा महिला पुनर्स्थापना केन्द्र (ओरेक) लगायतका सङ्घसंस्थाहरू छन् ।

केही दिनअघि एउटा कलेजमा भएको कार्यक्रममा स्थापितले महिलाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा सङ्घसंस्थाले संयुक्त रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी रद्द गर्न माग गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस