नाइजेरियामा बोको हरामका २२ लडाकु मारिए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नाइजेरियामा बोको हरामका २२ लडाकु मारिए


१९ बैशाख २०७९, सोमबार


लागोस । बोको हराम विद्रोहीका विरुद्धमा यहाँ स्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् ।

यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकु मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ ।

बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन् ।

नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नो राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन् ।

पश्चिमी अफ्रिकी नेताहरुले केही महिना अघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्याका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजेरियाको सीमा क्षेत्रमा पर्दछ ।

सो क्षेत्रमा पछिल्लो समयमा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ । यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । यहाँको सेनाका अनुसार सो कारबाही जारी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस