जिम्बाब्बे विरुद्धको टी-२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जिम्बाब्बे विरुद्धको टी-२० श्रृङ्खलाका लागि नेपाली टिम घोषणा


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । जिम्बाब्बे ए टिमविरुद्ध आइतबार सुरु हुने टी–२० श्रृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाल र जिम्बावे ए बीच तीन खेलको श्रृङ्खला अन्तर्गत पहिलो खेल आइतबार हुनेछ ।

नेपाली टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहरा, सागर ढकाल, सहाब आलम, किशोर महतो, विवेक यादव, बसिर अहमद, लोकेश बम र भीम सार्की रहेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल भने टिममा छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस