हुम्लामा ४ वडा अध्यक्ष र ४ वडा सदस्य निर्विरोध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हुम्लामा ४ वडा अध्यक्ष र ४ वडा सदस्य निर्विरोध


१७ बैशाख २०७९, शनिबार


हुम्ला । हुम्लामा ४ जना वडाध्यक्ष र ४ जना वडा सदस्य निर्विरोध भएका छन् ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार पाल्जोर तामाङ र तीन जना वडा सदस्य छिरिङ डुङडुप तामाङ पुटी तामाङ, टुङडुप लामाको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

यस्तै गरी खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षमा पनि रंगमती शाहीको एकल उम्मेदवार परेको छ । दलित महिला सदस्यमा दन्तकली सुनार निर्विरोध भएकी छन् ।

सिमकोट गाउँपालिका–१ को वडाध्यक्षमा गोर्ख लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

सिमकोट गाउँपालिका– ४ को वडाध्यक्षमा प्रताप लामाको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस