माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको १६ लाख रकम बरामद गरिएको छ ।

उक्त घटनाका सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस