श्रीराम टोबाकोले ३५ करोडको सुपारी आयात गर्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

श्रीराम टोबाकोले ३५ करोडको सुपारी आयात गर्दै


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । श्रीराम टोबाको उद्योगले झन्डै २३ सय मेट्र्रिक टन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढाएको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्रिक टन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र समेत खुलिसकेको छ । इन्डोनेसियाबाट खरिद गर्न लागिएको सुपारी प्रतिकिलो १४७ रुपैयाँ नेपाली पर्छ ।

निकै लामो विवाद र चलखेलपछि गत महिना मात्रै सरकारले औद्योगिक प्रयोजनका लागि भन्दै सुपारी, केराउ र मरीचको आयात कोटा निर्धारण गरेको थियो । जसमध्ये श्रीराम टोबाकोले सुपारी र अन्य ७ कम्पनीले मरीच आयातका लागि प्रक्रिया सुरु गरेका थिए ।

सम्बन्धित समाचार : ‘निहित इन्ट्रेष्ट’मा सुपारी, केराउ र मरीचको आयात खुला

Tags :
प्रतिक्रिया दिनुहोस