नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, ६२२ जना द्वितीय चरणका लागी छनौट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नासुको लिखित परीक्षाको नतिजा प्रकाशन, ६२२ जना द्वितीय चरणका लागी छनौट


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्र अनङ्कित प्रथम श्रेणी(अप्राविधिक) नायब सुब्बा वा सो सरहको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

आयोगले आइतबार अपराह्न एक सूचना जारी गर्दै दिपायल कार्यालयको विज्ञापन नं.१५७०१-१५७०५/०७८-७९ को नतिजा सार्वजनिक गरेको हो ।

(खुल्ला/समावेशी)एकीकृत परीक्षा अन्तर्गत २०७९ वैशाख ३ गते आयोगको दिपायल र महेन्द्रनगर कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका दुई हजार पाँच सय ९० जना उम्मेदवारमध्ये ६ सय २२ जना द्वितीय चरणको परीक्षाका लागि छनौट भएका छन् । छनौट भएका उम्मेदवारहरूले साबिककै प्रवेश पत्रबाट प्रथम चरणको परीक्षा दिएकै आयोगको सम्बन्धित कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस