दूध ट्यांकरको ठक्करले साइकलयात्रीको ज्‍यान गयो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

दूध ट्यांकरको ठक्करले साइकलयात्रीको ज्‍यान गयो


१५ बैशाख २०७९, बिहिबार


चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस