गायक प्रमोद खरेल चढेको कार दुर्घटना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गायक प्रमोद खरेल चढेको कार दुर्घटना


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ ।

दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो ।

आज (बिहीबार) बिहान फेसबुकमार्फत आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए ।

‘हिजो साँझ काठमाडौँमा रेकर्डिङ सकेर नेपालगन्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनेट अघि मात्रै आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्‍यो,’ उनले लेखेका छन् ।

उनका अनुसार कार रोडको पर्खालमा ठोक्किन पुगेको थियो। दुर्घटनापछि उनी बेहोस भएका थिए ।

‘दुर्घटनापश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्‍याएर बसाउँदा मात्र झन्डै ४५ मिनेटपछि मेरो होस आएछ । त्यसपछि पनि करिब ५/७ मिनेट कहाँबाट आएँ, कहाँ छु पत्तै पाइनँ,’ उनले भने, ‘गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगायो।’

दुई जना आयोजक पनि घाइते भएको उनले जानकारी दिए ।

घाइते भएका उनीहरू बिहीबार बिहान ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौँ आइपुगेको बताएका छन् ।

बाहिर चोट देखिए पनि भित्री चोट भने नदेखिएको उनले बताए ।

३(४ दिनका लागि सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस