राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले दिए राजीनामा « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले दिए राजीनामा


१५ बैशाख २०७९, बिहिबार


काठमाडौँ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै पौडेलले हिजो (बुधबार) राजीनामा पत्र बुझाएका हुन् ।

पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।

उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए । चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।

अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस