बागी उम्मेदवारलाई मनाउन गृहमन्त्री भरतपुरमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागी उम्मेदवारलाई मनाउन गृहमन्त्री भरतपुरमा


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारको मनोनयन फिर्ता गराउन चितवनको भरतपुर पुगेका छन् ।

नेकपा माओवादी केन्द्रको भागमा भरतपुरको मेयर उम्मेदवार परेपछि नेपाली काँग्रेसका कार्यकर्ता असन्तुष्ट बनेका छन् । असन्तुष्ट पक्षबाट पूर्व सांसद समेत रहेका जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी समेत दिएका छन् ।

सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धन भित्रैबाट काँग्रेस कार्यकर्ता बागी उम्मेदवार बनेपछि गृहमन्त्री खाँण असन्तुष्टलाई मनाउन भरतपुर पुगेका हुन् ।

बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस