प्रधान सेनापति शर्मा र फ्रान्सेली राजदूत गिल्सबीच भेटवार्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधान सेनापति शर्मा र फ्रान्सेली राजदूत गिल्सबीच भेटवार्ता


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र फ्रान्सका राजदूत गिल्स बौर्बाओ ले जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । सो अवसरमा फ्रान्सेली सेनाका ब्रिगेडिएर जनरल गोफ्री डि लरौजिरेलगायत अन्य पदाधिकारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शैनिक मुख्यालय जंगी अड्डामा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसीहित तथा पारस्परिक सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ । सो क्रममा भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस