शिवपुरी राष्ट्रिय निकुञ्जमा लाग्याे डढेलो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शिवपुरी राष्ट्रिय निकुञ्जमा लाग्याे डढेलो


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको प्रहरीले बताएकाे छ ।

बुढानीलकण्ठबाट पूर्वतिर तारेभिरको जङ्गलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो । अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।

अहिले साँझ परेकाले हेलिकप्टरबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जङ्गलमा आगलागी हुँदा हेलिकप्टरबाट पानी हालिएको थियो ।

मङ्गलवार एकै दिन थप दुई ठाउँमा पनि डढेलो लागेको थियो । प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जङ्गलमा लागेको आगो दुई वटा दमकल, सोह्र खुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

टोखामा विष्णुमती नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएको थियो । तर प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तीन वटै आगलागीको कारण खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस