कालिकोटमा विप्लव नेकपाको उम्मेदवारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कालिकोटमा विप्लव नेकपाको उम्मेदवारी


१३ बैशाख २०७९, मंगलबार


मान्म । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटको नौ वटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ ।

विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यसमेतले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराक्एा हुन् ।

जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम बिसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । बिसी उक्त पार्टीका केन्द्रीय सदस्य छन् भने विक उक्त पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माको भाइ बुहारी छन् ।

रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकको उम्मेदवारी दर्ता भएको छ । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य छन् । खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिका प्रमुखमा रमेश चदारा तथा उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

पचालझरना गाउँपालिका अध्यक्षमा मनिलाल ऐडी, उपाध्यक्षमा विनित सिंह तिरुवा, पलाता गाउँपालिकाको अध्यक्षमा पदम विक, महावै गाउँपालिकाको अध्यक्षमा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकाको अध्यक्षमा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रूपसिंह बोहोराको उम्मेदवारी दर्ता भएको छ ।

पार्टीको चुनावलाई उपभोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिवसमेत रहेको ऐडीले बताए । कालिकोट प्रवक्ता विश्वकर्माको गृह जिल्ला हो । सो पार्टीमा चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा विवाद रहँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस