स्थानीय तह निर्वाचन : इन्द्रसरोवर गाउँपालिकामा दुई जना वडा सदस्यमा निर्विरोध « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

स्थानीय तह निर्वाचन : इन्द्रसरोवर गाउँपालिकामा दुई जना वडा सदस्यमा निर्विरोध


१३ बैशाख २०७९, मंगलबार


बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुई जना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाईं, र सोही गाउँपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको भएको बताइएको छ ।

ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस