काँग्रेस नेता मल्लिकको घरमा आगलागी हुँदा रु १५ लाखको क्षति « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेता मल्लिकको घरमा आगलागी हुँदा रु १५ लाखको क्षति


१३ बैशाख २०७९, मंगलबार


मलङ्गवा । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलागी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

नेपाली काँग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार बजेको समयमा भएको आगलागीमा अन्नपात, लत्ताकपडा र गरगहना जलेर रु १५ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बिद्युत् चुहावट हुँदा घरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिए पनि सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

घरमा सुतिरहेको समयमा आगलागी हुँदा ठुलो क्षति हुन पुगेको पीडित मल्लिकले बताए । छिमेकीले भनेपछि घरमा आगो लागेको मल्लिक परिवारले थाहा पाएको थियो ।

स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट सरसामान जले पनि पक्की घर भएका कारण र स्थानीयवासीले मिलेर समयमै आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस