त्रिभुवन विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको खैरो हेरोइन बरामद « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

त्रिभुवन विमानस्थलबाट १४ करोड रुपैयाँ बराबरको खैरो हेरोइन बरामद


११ बैशाख २०७९, आइतबार


काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ करोड रुपैयाँ मूल्य बराबरको खैरो हेरोइन बरामद भएको छ ।

दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौँ आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्गको साथबाट ७ किलो खैरो हेरोइन बरामद भएको हो ।

ब्युरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ ।

प्रहरीले उनको साथमा रहेको सुटकेश खानतलासी गर्दा फल्स बटम बनाएर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरेको थियो ।

उनलाई पछ्याउँदै गएका ब्युरोका अधिकृतहरुले लागूऔषध लिन गएकी भारतीय नागरिक लालनुपीलाई पनि पक्राउ गरेको श्रेष्ठले बताए ।

उनका अनुसार पक्राउ परेका दुवै जना विरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस